कालिकोट । हाल देशभर नै चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको अधिकतम तापक्रम ५ डिग्री सेल्सियसभन्दा तलसम्म पुगेको छ। तर पुसको उत्तरार्धतिर लाग्दै गर्दा पनि डेंगु संक्रमण घट्न सकेको छैन।अस्पतालका सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार पछिल्ला केही वर्षयता चिसो मौसममा समेत संक्रमण देखिएको छ। उहााका अनुसार दैनिक एकरदुई डेंगु संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्।सामान्यतया डेंगु संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजननका लागि १६ डिग्री सेल्सियस वा माथिको तापक्रम उपयुक्त हुने गरी आफूलाई परिवर्तन गरिसकेको डा .पुनको भनाइ छ।डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेले आफूलाई हरेक मौसम गर्मी तथा जाडो जुनसुकै मौसममा पनि बाँच्न सक्ने गरी परिवर्तन गर्दा चिसो मौसममा पनि डेंगुको समस्या नघटेको बताउँछन्।यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांकअनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको देखिदैन।गत वर्ष सन् २०२२ को नोभेम्बरमा ४ हजार २९० र डिसेम्बरमा ४८३ केस देखिएको थियो ।यस्तै यो वर्ष ९ सन् २०२३ जनवारी देखि डिसेम्बर० सम्ममा देशभर ५१ हजार १२२ संक्रमित भेटिएका छन् र यो समयमा २० जना संक्रमितको मृत्यु समेत भएको छ।