ट्यांकरले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु

 

कालिकोट। रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।राति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको बताईएकोछ ।दुर्घटनामा परी भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झा को मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका बुझएिको छ । प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको बताएको छ ।