तराईका क्षेत्रमा हुस्सु र कुहिरो, हिमाली भेगको एकदुई स्थानमा हिमपात

कालिकोट । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहने भएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।

error: Content is protected !!