बुटवलमा बसले ठक्कर दिदा साइकलयात्रीको मृत्यु

कालिकोट। बुटवलमा बसको ठक्करबाट दिउँसो एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको आज मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उक्त दुर्घटनामा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन।मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ ।