जाडोले चौरमा परीक्षा दिदै हुम्लाका विधार्थी

 

कालिकोट । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिइरहेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका हुन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ।कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक प्रेमकला बुढाले बताएकी छन् ।प्रधानाध्यापक बुढाले भनिन्, ‘स–साना बालबालिकाले चिसोको समय हिउँदयाममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ।’चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाले बताइन्। विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!