चैनपुरमा डोजर पल्टिँदा चालकको मृत्यु

 

कालिकोट । बझाङ जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिएका छन्।‘बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयaतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खसेको बताईएको छ ।प्रहरीका अनुसार मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

error: Content is protected !!