सेवाभन्दा पनि व्यापारिक शैलीमा खुल्न थाले आइभिएफ सेन्टरहरू

काठमाडौँ । पछिल्लो समय नेपालमा बाँझोपन निःसन्तान को समस्या बढ्दो छ। केही वर्ष अघिसम्म नेपालमा ८(१० प्रतिशतमा बाँझोपन देखिएकोमा हाल १३(१५ प्रतिशत विवाहित जोडीमा बाँझोपन रहेको चिकित्सकहरू बताउँछन्।बाझोपनका समस्या बढ्दै जाँदा पछिल्लो समय नेपालमा इनभिट्रो फर्टिलाइजेशन ९आइभिएफ० अर्थात् टेस्टट्युब बेबी सेवामार्फत बच्चा जन्माउने संख्या पनि बढ्दो छ।वर्षेनि कति बच्चा नेपालमा आइभिएफ प्रविधिको सहयोगमा जन्मन्छन् भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि पछिल्ला वर्षमा काठमाडौं लगायतका ठूला शहरमा तीव्ररूपमा खुल्दै गएका आइभिएफ सेन्टरको संख्या हेर्दा यो प्रविधिमार्फत सन्तान जन्माउने अभिभावकको संख्या बढ्दो छ भन्ने बुझिन्छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति लिएर सञ्चालन हुने आइभिएफ सेन्टर एकदमै न्यून छन्। मन्त्रालयको विवरणअनुसार अनुमतिको प्रक्रियामा रहेका ४० वटा आइभिएफ सेन्टरले सेवा दिइरहेका छन्। मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘पछिल्लो समय खुलेका आइभिएफ सेन्टरले सरकारी नियम पालना गरी अनुमति लिएर सञ्चालन हुने निकै कम छन्।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौवटा आइभिएफ सेन्टरले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन्।हाल देशका विभिन्न शहरमा ५० भन्दा बढी आइभिएफ सेन्टर सञ्चालनमा रहेको मन्त्रालयको अनुमान छ।

थाहा खबर बाट साभार

 

 

error: Content is protected !!