गठबन्धन टुट्नेवाला छैन प्रचण्ड

 

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन्। कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।उनले भने कांग्रेसलाई सहमतिले नै राष्ट्रपति दिऊँ त्यसले राम्रो सन्देश दिन्छ भनेर मैले प्रस्ताव राखेको थिएँ। त्यसमा सहमति हुन सकेन र मेरो अन्तरआत्माले कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक आन्दोलन र शान्तिप्रक्रिया पूरा हुँदैन भन्ने लागेपछि गठबन्धन गरेर सहमति गरिएको हो।ुप्रतिपक्षलाई हामीले लेखा समितिबाहेक अरू नदिने गरेको भए पनि यसपटक संक्रमणकालीन काम टुंग्याउन एमालेलाई तीनवटा समितिको सभापति दिइएको पनि उनले प्रष्ट पारे।राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्‍य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए। कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्य गरेको जिकिर गरेका छन्।त्यस्तै, आफ्नो कार्यशैली सुधार गर्दै जाने र त्यो काम आफ्नै कार्यालयबाट सुरु गरिसकेको पनि उनले बताएका छन्।

 

 

 

error: Content is protected !!