कालिकोट । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको बताईएको छ । संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’श्रेष्ठका अनुसार मृतक ४१ वर्षीय तामाङको घर इलाम रहेको बताईएको छ ।