कालिकोट । पाल्पाको तिनाउ गाउँपालिका–३, फूलबारीका गुरुप्रसाद शर्माको १६ रोपनी जग्गामा दालचिनी खेती रहेको छ । उनका खरायन, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बुटा रहेका छन् ।सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै शर्माले बाँकी खालि जग्गामा पनि बिरुवा लगाएका छन् । ती दालचिनीको पात र ब्रोका बिक्री गरेर गत वर्ष उनले एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । अबको सिजनमा त्योभन्दा धेरै आम्दानी गर्ने उद्देश्य रहेको उनले रातोपाटीलाई बताएका छन् ।ती बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफूअनुकूल काट्ने गरिन्छ । दालचिनीका बिरुवा ज्यामिरे गाउँमा धेरैजसो आफैँ उम्रिन्छन् । ती बिरुवालाई आगो र बाख्राबाट जोगाउन सकेमा अरू गर्न नपर्ने भएपछि किसान दालचिनी खेतीप्रति आकर्षित भएको बताएका छन् ।