दूरसञ्चार प्राधिकरणमा पूर्वसचिवकै हस्ताक्षर किर्ते गरेर एमडीएमएसको ठेक्का

कालिकोट । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम९एमडीएमएस० प्रणाली स्थापनाका क्रममा गरेको टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर नै किर्ते गरेर अनियमितता गरेको भेटिएको छ ।प्राधिकरण उच्च स्रोतका अनुसार, टेण्डरमा एक पूर्वसचिवको हस्ताक्षर किर्ते गर्ने काममा प्राधिकरणका प्राविधिक उपनिर्देशक अच्यूतानन्द मिश्र प्रत्यक्ष संलग्न छन् भने अध्यक्ष पुरुषोत्तम खनाल पनि जोडिएका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छानबिनले एमडीएमएस टेण्डर प्रक्रियामा किर्ते कागजातमार्फत अनियमितता नै भएको निष्कर्ष निकालेको छ ।भन्सार छलेर आयात गरिने र चोरेर चलाइने फोनलाई स्वचालित रुपमा प्रतिबन्ध लगाउन खरिद प्राधिकरणले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस स्थापना गर्न लागेको थियो ।त्यसक्रममा प्रतिस्पर्धामा रहेको दुईमध्ये एक संयुक्त उपक्रम दुईभन्दा बढी कम्पनीको ज्वाइन्ट भेञ्चर०लाई अयोग्य स्थापित गर्ने क्रममा ती विज्ञको हस्ताक्षर दुरुपयोग भएको हो । छानबिन प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको छ ।प्राधिकरणले एमडिएमएस खरिदका क्रममा अनियमितता गरेको उजुरी परेपछि सञ्चार मन्त्रालयले प्राविधिक सहसचिव गौरव गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । चार सदस्यीय समितिले अध्ययनका क्रममा पूर्वसचिव सुरेशमान प्रधानको हस्ताक्षर किर्ते गरेको फेला पारेको बताईएको छ ।

 

error: Content is protected !!