कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीईका नेता कार्यकर्तालाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ। आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि आइतबार मनोनयन बन्द भएपछि पार्टीका अधिकारीले यो प्रतिक्रिया दिएका हुन्।पाकिस्तानको निर्वाचन आयोग ९ईपीसी० ले दोषी ठहर भएपछि उनलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पीटीईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गरेको थियो। र्वाचन आयोगका एक अधिकारीले खानसहित पीटीआईका उम्मेदवारहरूलाई उनीहरूको सजायका आधारमा उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन्। पीटीआईका प्रवक्ता रउफ हसनले भने, ‘इमरान खानसहित पटिीआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ। हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ।’उनले पीटीआईलाई निर्वाचनमा लड्नबाट रोक्नका लागि ‘एजेन्डा’ अन्तर्गत रोक्ने काम भइरहेको बताए। ‘यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ।’राजनीतिक विश्लेषक हसन अस्कारीले कुनै एक पार्टीविरुद्ध यति व्यापक कारवाही पाकिस्तानमा ‘अभूतपूर्व’ रहेको बताए। ‘मुलुकको इतिहासमा कुनै राजनीतिक दल निर्वाचनअघि यति ठूलो मात्रामा निर्वाचन प्रक्रियाबाट बाहिरिएको यो पहिलो पटक हो’, उनले भने, ‘राज्य संस्थाहरू पिटिआईलाई कुनै पनि हालतमा निर्वाचन लड्नबाट रोक्न चाहन्छन् र पीटीआईले राहत पाउने सम्भावना अत्यन्त कम छ।’निर्वाचन आयोगले जनवरी २३ मा उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्नेछ।पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको शुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उनको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ।
थाहा खबर बाट साभार