कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा सम्पुर्ण मुक्तीकामी शिक्षकहरु एक हौँ भन्ने मुलनाराका साथ एकीकृत अखिल नेपाल शिक्षक संगठनको विस्तारित वैठक तथा प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संगठन शुभकालिका गाउँपालिका अध्यक्ष जल बहादुर शाहीको सभाअध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश कमिटि सचिव टोप बहादुर शाहीको प्रमुख आतिथ्यता , तथा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि सदस्य तथा शुभकालिका गाउँपालिका ईन्चार्ज जय बहादुर महतारा (अटल)को विषेश आतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा जनता माध्यामिक विद्यालय छातीका शिक्षक गगन वि.क र नवदुर्गा आधारभुत विद्यालय हाउडीका शिक्षीका बसन्ती शाहीले पार्टिका भातृसंगठन परित्याग गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नु भएको बताईएको छ । वैठक तथा प्रशिक्षण कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका विभिन्न निर्णय समेत गरिएको शुभकालिका गाउँ कमिटि सचिव धिर बहादुर शाहीले बताउनु भएको छ ।