खोटाङकी युट्युबर राई सिक्किममा पक्राउ

 

कालिकोट । खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई प्रहरीले सिक्किममा पक्राउ गरेको छ।सांप्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले राईलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकँदै गर्दा सिक्किम वासीबीच सांप्रदायिक अशान्ति फैलाएको आरोप रहेको छ।उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको बताईएको छ।उनलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न पनि अनुमति दिएको छ।