अवसर नपाएकाहरूलाई राष्ट्रियसभामा उठाउने कांग्रेसको निर्णय

 

कालिकोट । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले नयाँ र अवसर नपाएका नेताहरूलाई उम्मेदवार उठाउने भएको छ। केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका दिनु भएको छ। उहाँका अनुसार जातीय क्षेत्रीय तथा सन्तुलनलाई ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिहरुलाई अवसर दिने निर्णय केन्द्रीय समितिले गरेको बताईएको छ । पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका तथा हालसम्म कुनै अवसर नपाएकाहरूबाट योग्य व्यक्तिलाई अवसर दिइने बताईएको छ साथै राष्ट्रियसभा निर्वाचनमा हाल जारी गठबन्धनलाई निरन्तर कायम राखेर अघि बढ्ने पनि निर्णय भएको उनले बताए। हाल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच केन्द्र र प्रदेश दुवैतिर गठबन्धन कायम रहेको छ। राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!