कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छातीमा आगलागी बाट पिडित परिवारलाई लत्ता–कपडा वितरण गरिएको छ ।
आगलागी बाट क्षेतीग्रस्त भएका कमानसिंह सुनारको परिवारलाइ शुभकालिका गाउँपालिका सरकारद्धारा कम्बल, बल्याङ्केट लगायत २५ हजार बराबरको लत्ता–कपडा वितरण गरिएको हो । यही पौष ८ गते दिउँसो लागेको आगोले सुनारको घर पुर्णरुपमा जलेर नष्ट भएको थियो ।
आगलागी भएपछि सुनारको घर भित्र रहेको अन्नपात,लत्ता–कपडा,कागजात लगायतका सम्पुर्ण सामान जलेको थियो र सबै सामान भग्नावषेश भएपछी चिसोको समयमा पिडित परिवारलाई बस्न कठिन भएका बेला सुनारको घरमा नै पुगेर सोही वडाका वडा सदस्य धिर बहादुर बिष्ट लगायतको टोलीले लत्ता–कपडा हस्तान्तरण गर्दा पिडित परिवार खुसि भएको बताईएको छ ।
नेकपा माओवादी केन्द्रका शुभकालिका गाउँसमिति अध्यक्ष जवानसिङ सुनार ,गाउँ कमिटि सचिव धिर बहादुर शाही, वाइसीएल नेपालका प्रदेश समिति सदस्य बिरेन्द्र खत्री , अखिल क्रान्तिकारीका केन्द्रिय सचिव भिम प्रसाद आचार्य ,रेडियो तिला आवाजका पत्रकार डम्मर शाही ,शुभकालिका गाउँपालिकाका युवा नेता समाजसेवी व्यक्तित्व मनजित शाही, तथा नेकपा माओवादी केन्द्र शुभकालिका गाउँकमिटि लगायतको उपस्थीतिमा कपडा वितरण गरिएको प्रेस सेन्टर नेपाल शुभकालिका गाउँपालिका अध्यक्ष दिलीप चौलागाईले बताउनु भएको छ ।