महिला क्रिकेटमा आज एपीएफ र कोशी भिड्दै

 

कालिकोट । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुने भएको छ। कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे हुने खेलमा अपराजित टोली एपीएफले कोशी प्रदेशसँग खेल्ने भएको छ।कोशी ७ खेलमा ६ खेलमा अपराजित रहँदै १२ अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो। समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो। एपीएफ ७ खेलसम्म अपराजित रहेको छ।आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बागमती र सुदूरपश्चिमको विजेतासँँग दोस्रो क्वालिफायर खेल्ने भएको छ। यी खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुने बताईएको छ।