चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन

कालिकोट । चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन नियुक्त भएका छन्। यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि जुन रक्षामन्त्री नियुक्त भएका हुन्।६२ वर्षीय दोङ पूर्वनौसेना कमाण्डर हुन्। उनको नियुक्तिको घोषणा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा गरिएको हो। गत जुलाईमा चिनियाँ विदेशमन्त्री चिन काङ पनि हटाइएका थिए।सरकारी मिसाइल सुरक्षा कम्पनीका तीन उच्च अधिकृतलाई पनि यसै साताको सुरुमा हटाइएको छ। गत हप्तामात्रै चीन र अमेरिकी सेना प्रमुखको टेलिफोन वार्ता भएको थियो।चीनले आफ्नो भूभाग वरपर सामरिक चुनौति सामना गरिरहेको छ भने उसका छिमेकी पनि चिनियाँ शक्तिबाट प्रभावित भएका छन्।

थाहा खबर बाट साभार