अध्यारोका कारण पढाईबाट बञ्चित भएका सुनारलाई सोलार वितरण

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छातीका कक्षा ९ मा अध्यनरत १७ वर्षीय नेत्र सुनारलाई सोलार वितरण गरिएको छ । रेडियो तिला आवाज १०६.७ मेगाहर्जको प्रतिनिधित्व र अन्य थुप्रै व्यक्तीहरुको आर्थिक सहयोगमा अध्यारोका कारण पढाईबाट बञ्चित भएका सुनारलाइ सोलार वितरण गरिएको हो । नेकपा माओवादी केन्द्रका शुभकालिका गाउँ समिति अध्यक्ष जवानसिङ सुनार ,शुभकालिका गाउँकमिटि सचिव धिर बहादुर शाही,वाइसीएल नेपालका प्रदेश समिति सदस्य बिरेन्द्र खत्री, वडा न १ का वडा सदस्य धिर बहादुर बिष्ट ,  जनता माध्यामिक विद्यालय छातीका शिक्षकहरु, प्रेस सेन्टर नेपाल शुभकालिका गाउपालिका अध्यक्ष दिलिप चौलागाई लगायतको उपस्थीतिमा सुनारको घरमै पुगेर आज सोलार हस्तान्तरण गरिएको रेडियो तिला आवाजबाट सहयोगको पहल थाल्नु भएका पत्रकार डम्मर शाहीले जानकारि दिनु भएको छ । आर्थिक रुपले बिपन्न घरपरिवारमा बस्दै आएका उनले आफु अध्यारोमा बस्दै आएको र विधालय बाट घर फर्केपछि घरमा उज्यालो नहुदा गृहकार्य गर्न समेत धौ–धौ भएको बताएपछि उनको पढाईलाई घरमा पनि निरन्तरता होस् भन्ने धेयका साथ राहत स्वरुप सोलार उपलब्ध गराएको बताईएको छ । रेडियो तिला आवाज १०६।७ मेगाहर्जले सुनारको अवस्था बुझेर केही दिन अगाडी देखि सोलार खरिद गर्नको लागी पहल थालेको थियो । पहलमा विभिन्न व्यक्तीहरुको आर्थिक सहयोगबाट काम सफल भएको बताईएको छ । यस्तै समाजमा रहेका आर्थिक रुपमा बिपन्न र विभिन्न समस्या परेकाको खोजी गरि सक्दो सहयोग उद्धार र राहतका कार्यमा जुट्न आफु कहील्यै पछि नहट्ने बताईएको छ । वितरण गरेको सानो राहत स्वरुपले सुनारको शिक्षामा नियमितता आउने अपेक्षा गरिएको छ । साथै रेडियो तिला आवाजकै पहलमा शुभकालिका गाउँपालिकाको सोहि वडामा आगलागी बाट पिडित १ घरपरिवारलाई २ बोरा चामल वितरण गरिएको छ । यही पौष ८ गते आगलागी बाट क्षेती भएका कमानसिंह सुनारको परिवारलाई अखिल क्रान्तिकारीका केन्द्रिय सचिव भिम प्रसाद आचार्य र शुभकालिका गाउँपालिकाका युवा नेता समाजसेवी व्यक्तित्व मनजित शाही तथा नेकपा माओवादी केन्द्र शुभकालिका गाउँकमिटि लगायतको सहयोगमा चामल वितरण गरिएको वाइसीएल नेपालका प्रदेश समिति सदस्य बिरेन्द्र खत्रीले जानकारी दिनु भएको छ ।

error: Content is protected !!