खेलाडी सवार बस दुर्घटना नीता खड्काको मृत्यु

 

कालिकोट । मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ।कपिलवस्तुको शिवराज नगरपालिका –१ चोर खोलामा आज विहान खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो। हेटौँडाबाट धनगढी जाँदैगरेको सुप ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताएका छन्।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १२ वर्षकी उसु खेलाडी नीता खड्का रहेको प्रहरीले जनाएको छ। बसमा सवार अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताएका छन् ।

error: Content is protected !!