कालिकोट । नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै स्तनपान नगराउने गरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका अनुसार पछिल्ला वर्षमा नेपालमा नेपालमा पढे लेखेका तथा उच्च आय भएका परिवारका महिलाले नै बच्चा जन्मिसकेको एक घण्टादेखि दुई वर्षसम्म स्तनपान नगराउने गरेको भेटिएको हो।पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार पछिल्लो विवरण अनुसार नेपालमा कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउदा आधारभूत मात्रै शिक्षा लिएका ६१ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन्।तर माध्यामिक तहको शिक्षा लिएका आमामध्ये जम्मा ५३ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको देखिएको छ। ‘ स्वास्थ्यको अन्य सूचकमा अशिक्षित भन्दा शिक्षितहरुको चेतना राम्रो भएको पाइन्छ तर नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकहरुलाई स्तनपान गराउने मामिलामा भने साक्षर भन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको बताईएको छ ।यसरी पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिरे आमा रहेको समेत उनको भनाइ छ। यस्तै आर्थिक रूपमा हेर्ने हो भने पनि न्यून आय भएका भन्दा मध्यम तथा उच्च आय भएका आमाले स्तनपान नगराउने पाइएको छ। मन्त्रालयको विवरण अनुसार न्यून आय भएका आमाले ६४ प्रतिशत स्तनपान गराउँछन्।यस्तै नेपालमा जागिरे आमाहरुलाई बच्चा जन्माइसके पछि नियमित स्तनपान गर्न भन्दै ९८ दिन सुत्केरी बिदा दिने गरिए पनि धेरै संघसंस्थामा कार्यान्वयन नहुँदा समस्या भएको समेत थापाको भनाइ छ।