आज हात्ती महोत्सवको अन्तिम दिन, वनभोज सम्पन्न

कालिकोट । चितवनको सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिने भएको छ । महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमका गरि हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको बताईएको छ ।हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो ।महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

error: Content is protected !!