पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ २ साता बन्द भयो । कम्पनी र पाइलटहरु विभाजित भएपछि बन्द रहेको प्याराग्लाइडिङ उडान नियमित गर्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीबिच सहमति भएको छ ।यद्यपि आन्तरिक विवाद भने निर्मुल भएको छैन । कम्पनीहरुबिच द्वन्द्व बढेपछि क्यानले नै नयाँ सहमति नहुँदासम्म उडान बन्द गरिदिने निर्णय गरेको थियो । नेपाल हवाई खेलकुद संस्था ना,का अध्यक्ष सुनिलबहादुर भट्टराईले उडान सूचारु गर्ने निर्णय भएको जानकारी दिए ।व्यवसायी र क्यानबिचको सहमति अनुसार अब नियमित उडाउन राजी भएका छौँ । सहमतिको बुँदा नाले पहिले निकालेको सूचनाकै आधारमा छ,’ उनले भने, ‘कम्पनीले आफ्नो ग्राहक अब आफैँ खोज्छन् । आफ्नो रेट आफैँ तोक्छन् ।’गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउनुपर्ने र त्यसको मूल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग राखेका थिए । बहुमत कम्पनीको माग यसैमा केन्द्रित भएपछि छाता संस्था नाले सिण्डिकेट तोडेर आफ्नै हिसाबले मूल्य कायम गर्न सूचना निकालेको हो । तर केही कम्पनी उक्त निर्णयको विरुद्ध लागे । विवाद बढ्दै गएपछि क्यानले नै हस्तक्षेप गरेर उडान बन्द गरिदियो । पोखरामा कुनै समय ३ हजारभन्दा कम मूल्यमा पनि प्याराग्लाइडिङ उडान भएको थियो । आफूखुसी शुल्क तोक्ने निर्णयपछि आफ्नो पारिश्रमिक गुम्न सक्ने भन्दै पाइलटहरुले चाहिँ उडान नगर्ने निर्णय गरे । यद्यपि नयाँ सहमतिमा उनीहरुले पनि हस्ताक्षर गरेका छन् ।क्यानबाट पोखरामा आधिकारिक रुपमा अनुमतिको पत्र पाउने बित्तिकै उडान सुरु हुने भट्टराई बताउँछन् । सहमतिमा क्यानका तर्फबाट सेफ्टी प्रमुख राजु श्रेष्ठ, व्यवसायीको तर्फबाट नाका अध्यक्ष भट्टराई र पाइलटका तर्फबाट क्लवका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्ति १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो । सम्पूर्ण उडानको जिम्मा नाले लिन्थ्यो । संस्थाले नै कम्पनीहरुलाई यात्री भाग लगाएर पठाउँथ्यो । यात्रीले चाहिँ यो शुल्क महँगो भएको गुनासो गर्दै आएका थिए ।पोखरामा कुनै समय ३ हजारभन्दा कम मूल्यमा पनि प्याराग्लाइडिङ उडान भएको थियो । आफूखुसी शुल्क तोक्ने निर्णयपछि आफ्नो पारिश्रमिक गुम्न सक्ने भन्दै पाइलटहरुले चाहिँ उडान नगर्ने निर्णय गरे । यद्यपि नयाँ सहमतिमा उनीहरुले पनि हस्ताक्षर गरेका छन् ।
रातो पाटी बाट साभार