आजको मौसम ,हल्का हिमपातको सम्भावना

कालिकोट । पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्सु र कुहिरो लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहने भएको छ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बताईएको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!