शहीद दिवस र रामनवमीका दिन बिदा दिने मन्त्रिपरिषद्को निर्णय

कालिकोट – सरकारले शहीद दिवस र रामनवमीका दिन बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताउनुभयो । सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०-८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार छ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । त्यस्तै मन्त्री शर्माले मन्त्रिपरिषद्ले मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेललाई फिलिपिन्सका लागि गैरआवासीय राजदूत तोक्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । त्यसैगरी नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी दर्जामा र नौ जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

error: Content is protected !!