सर्वोच्चद्धारा जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज

 

कालिकोट । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको छ। न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र महेश पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिने मन्त्रिपरिषद्को निर्णय बदर गरेको हो।संविधानको मूल भावनाविपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषद्लाई दिएको सम्झन नमिल्ने सर्वोच्चको ठहर रहेको छ।अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित ६ जनाले उक्त बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

error: Content is protected !!