पार्टीको झन्डा ओढाएर प्रचण्डद्धारा शेर्पालीको अन्तिम बिदाइ ।

कालिकोट । नेकपा माओबादी केन्द्रको सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीको आज अन्तिम बिदाइ गरिएको छ । शेर्पालीको पार्थिव शरीरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । फोक्सो सम्बन्धी क्यान्सरबाट पीडित रहेका शेर्पालीको हिजो उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो ।

error: Content is protected !!