बालकुमारी घटना प्रति भौतिक मन्त्री प्रकाश ज्वालाको दुखः ब्यक्त

कालिकोट । आज भएको बालकुमारी घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटाले दुखः व्यक्त गरेका छन् । घटनाबारे मन्त्री ज्वालाले बालकुमारीको आजको घटना नहुनु पर्ने दुर्घटना भएको र यसले आफूलाई स्तब्ध बनाएको मन्त्री ज्वालाले बताए । उनले घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । उनले आफू र आफ्नो मन्त्रालय उक्त घटनामा संलग्न नरहेको पनि प्रष्ट्याएका छन । उक्त घटनामा केही युवाको निधन र घाइते भएको खबरले आफूलाई दुखित बनाएको उनले बताए । आज शीप बिल्डिङ भाषा परीक्षामा सहभागी भएका युवाहरुले आफूहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने मागसहित ललितपुरको बालकुमारी क्षेत्रमा सडक ठप्प पारेर आन्दोलनमा उत्रिएका युवा र प्रहरी बीचको झडपमा परी २ जनाको मृत्यु भइसकेको छ ।

error: Content is protected !!