बालकुमारी घटनाबारे छानबिन गर्न गृहद्धारा तिन सदस्यीय समिति गठन

कालिकोट । बालकुमारीमा दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले तिस समिति सदस्यीय समिति गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा समावेस हुन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप सृजना भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने थुप्रै आन्दोलन गरीरहेका ब्यक्ती पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!