कालिकोट । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भएको भेटमा तीन बुँदे सहमति कार्यान्वय गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनको नेतृत्वमा र नेकपाबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा नेकपाबाट प्रकाण्डको नेतृत्वमा उमा भुजेल र अधिवक्ता एकराज भण्डारी सदस्य छन् । माओवादी केन्द्रबाट पुनको नेतृत्वमा सञ्चारमन्त्री रेखा शर्मा र माधव सापकोटा सदस्य रहेका छन् । जिल्ला अदालत काठमाडौंले गत १८ मंसिरमा नेकपाका महासचिव विप्लवसहितका नेताहरुमाथि राज्य विरुद्धको कसुरमा ३५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो । उक्त आदेश जारी भएपछि समाजवादी मोर्चाले असन्तुष्टि जनाउदै आईरहेको छ ।