बालकुमारी झडप अपडेट, घाइते अर्का युवकको पनि मृत्यु

कालिकोट । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले  बताएका छन । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोलीे लागेको भन नदेखिएको बताईएको थियो ।

error: Content is protected !!