कालिकोट । बाजुराको गौमुल गाउँपालिमा बिहीबार राति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ घर भएका अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।घटमुनाबाट सियाढुंगा जाँदै गरेको से १ ज ९८९ नम्बरको जिप मालीवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिएका छन्।