लक्ष्मी पुनको योग्यतामाथि प्रश्न, उठाउदै कागजात मगाउन निर्देशन

 

कालिकोट । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी  पुनको नियुक्तिमाथि प्रश्न उठाउँदै शैक्षिक योग्यता सम्बन्धी छानबिन गर्न निर्देशन दिएको छ।समितिको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउँदै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो।समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समिति समक्ष पेस गर्न निर्देशन समेत दिएको बताईएको छ। पर्यटनमन्त्री पदेनअध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो।