गाजामा इजरायलको आक्रमण , कम्तीमा ८० जनाको मृत्यु

इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले विज्ञप्ति जारी गरी आक्रमणमा धेरै व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरेका छन्।साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको जनाइइएको छ।

थाहा खबर बाट साभार

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!