कालिकोट । बंगलादेशमा सन् २०२३ मा एचआईभी एड्स सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ।यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ।तथ्यांक प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ संक्रमित पहिचान भएको जानकारी दिएका छन्।