सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिन वडा अध्यक्ष शाहीको निर्देशन ।

सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिन वडा अध्यक्ष शाहीको निर्देकन । कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीहरु बिच बैठक सम्पन्न भएको छ । जनप्रतिनिधि र वडा कार्यालयका सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थितिमा बैठक संचालन गरीएको थियो । बैठकमा जनप्रतिनिधि र कर्मचारी विच आज सम्म भए गरेका कामहरुको बारेमा छलफल भएको वडा अध्यक्ष मन बहादुर शाही (राजेश)ले बताउनु भएको छ

 

। साथै उहाँले आगामी दिनमा सेवाग्राहीलाई राज्यले निर्देशन गरेको मुस्कान सहितको सेवा दिने बिषयमा पनि छलफल भएको र वडा नं २ का सम्पुर्ण सेवाग्राहीहरुलाई आगामी दिनमा सरकारको सुखि नेपाली समृद्ध नेपालको परि कल्पना अनुसार सेवा दिन निर्देशन  दिनु भएको  छ । आफ्नो वडा लाई उदारणीय बनाउनको लागी सेवाग्राहीलाई दुख नपाउने गरी मुस्कान सहीतको सेवा दिई सहयोग गर्न अपिल पनि गर्नु भएको छ ।

यसै पनि यो वडा विकाश र नागरीकले पाउने थुप्रै सेवा सुविधाको हिसाबले गाउँपालिकाकै नमुनाको रुपमा चिनिदै आएको छ । २०७४ सालको स्थानिय निर्वाचनमा  वडा अध्यक्ष निर्वाचित हनुभएका शाही लोक प्रिय काम गरेकै कारण दोस्रो पटक २०७९ को स्थानिय निर्वाचनमा पनि बहुमतले विजयी हुनु भएको थियो ।

error: Content is protected !!