रास्कोटमा बालशिक्षक हरुका लागी क्षमता अभिवृद्धि तालिम संचालन

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा बालशिक्षक हरुका लागी पाँच दिने आभारभुत क्षमता अभिवृद्धि तालिम संचालन गरीएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम संचालन गरीएको बताईएको छ । आज एक कार्यक्रमका बिच शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीको सभाअध्यक्षता नगर प्रमुख धर्मराज शाही (पोषण)को प्रमुख आतिथ्यता,नगर उप प्रमुख मनिराज बरालको बिशेष आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बम, अधिवक्ता उमाकान्त न्यौपाने लगायतको उपस्थितिमा तालिमको उद्घाटन गरीएको  पत्रकार टिकाराज उपाध्यायले जानकारी दिएका छन । उक्त क्षमता अभिवृद्धि तालिम पौष १६ गते सम्म सञ्चालन हुने बताईएको छ ।

error: Content is protected !!