कालिकोटका चार वटा स्थानिय तहमा आज वाट टाईफाईड बिरुद्धको खोप अभियान शुरू

कालिकोट । जिल्लाको चार वटा स्थानिय तहमा आज वाट टाईफाईड बिरुद्धको खोप अभियान शुरू भएको छ । महाबै गाउँपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा आज बाट खोप अभियान संचालन गरिएको हो । खोप अभियानको पहिलो दिन तिलागुफा नगरपालिकामा १ हजार ३ सय ६० जनाले खोप लगाएका छन जसमा महिला ८०६ र पुरुष ५५४ जना रहेका छन, महाबै गाउँपालिकामा १ हजार ७४ जना जसमा ७४९ जना महिला र ३२५ जना पुरुष, पलाता गाउँपालिका ९ सय ९३ जना जसमा ७०७ महिला र २८६ जना पुरुष यस्तै नरहरीनाथ गाउँपालिकामा १ हजार ३ सय ५४ जना रहेका छन चार वटै स्थानिय तहमा ३ हजार १ सय १९ महिला र १ हजार ६ सय ६२ जना पुरुष गरी जम्मा ४ हजार ७ सय ८१ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा संचालन गरिने टाईफाईड बिरुद्धको खोप अभियान २०८०-०८१ अन्र्तगत आज बाट संचालन भएको खोप अभियान जिल्लाका सबै स्थानिय तह अन्र्तगतका वडाहरुमा १६ बर्ष देखी ४५ बर्ष उमेर सम्मका नागरीकहरुलाई लगाईने छ । उक्त खोप अभियान पौष १८ गते सम्म चल्ने अधिकृत महतले जानकारी दिनु भएकोछ । स्वास्थ्य सेवा कार्यालयले यस अघिनै सुचना जारी गरी सम्पुर्णलाई आ–आफ्नो नजिकैको तोकीएको खोप केन्द्रमा गई टाईफाईड बिरुद्धको खोप लगाउन निर्देशन समेत दिईसकेको छ त्यसै अनुसार सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, नागरीक समाज साथै सम्पुर्ण लाई खोप अभियानमा सहयोग गर्न समेत अधिकृत महतले आग्रह गर्नु भएको छ ।

error: Content is protected !!