कालिकोट । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच खेल भिड्ने भएका छन्। दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुने बताईएको छ।एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात पारेको ललितपुर र धनगढीसँग पराजित पोखराबीचको खेल निकै रोमाञ्चक हुने अपेक्ष गरिएको छ। यी दुई टिमबीच अहिलेसम्म भएका दुई भेट गोलरहित बराबरीमा सकिएका छन्। यो खेल जित्ने टिमले पहिलो पटक फाइनलमा स्थान बनाउनेछ भने फाइनल खेल शनिबार हुने भएको छ।