वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता

कालिकोट । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको बताईएको छ । उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दायर गरेकी छन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाएकी छन् । उनले भण्डारीविरुद्ध नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनी अर्को मुद्दा पनि दायर गरेकी छन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप रहेको छ

error: Content is protected !!