कालिकोट । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन्। ७ महिना हिरासतमा बसेका रिजाल आज रिहा भएका हुन्। उच्च अदालत पाटनको आदेशमा केन्दीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराले रिजाललाई धरौटी बुझाएपछि रिहा गरेको बताईएको छ । अदालतले १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतमा गत पौष ८ गते ९आइतवार० बेलुकी धरौटी रकम बुझाएका रिजाल आज रिहा भएका हुन । रिजालले रिहा हुनुअघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका थिए । रिजाललाई स्वागत गर्न मानवअधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो। रिजालको रिहाइका लागि परिवारले धरौटी रकम जुटाएको हो। क्यानडामा रहेका छोरा विक्रमले बुबाको रिहाइका लागि नेपालमा रकम पठाएका थिए।