रास्कोट नगरपालिका द्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण तथा सम्मान

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका द्धारा जेष्ठ नागरिकलाई सम्मान न्यानो कपडा बितरण गरीएको छ । “जेष्ठ नागरीकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने मुलनाराका साथ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरका जेष्ठ नागरिकलाई सम्मान गरीएको हो । नगर उपप्रमुख मनिराज बराल, वडा नं ७ का वडा अध्यक्ष कपुर महतारा, पञ्जिकरण शाखा प्रमुख हुकुम शाही, महिला वालवालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख सरस्वती वली (विष्ट) ईन्जिनियर नरेश शाही लगायतको टोली घर घरमै पुगेर सम्मान तथा न्यानो कपडा बितरण गरीएको पञ्जिकरण शाखा प्रमुख शाहीले बताएका छन । सम्मान पाउनेमा नगरपालिकाको वडा नं ७ की १ सय ५ बर्षिय साउनी महतारा र वडा नं ४ का ९९ बर्षिय दल बहादुर शाही रहेका छन । नगरपालिकाका अन्य वडाहरुमा पनि ७० बर्ष भन्दा माथिका करिब सात सय जना जेष्ठ नागरीकलाई न्यानो कपडा बितरण गरीएको पनि शाहीले बताएका छन । न्यानो कपडा पाए संगै नागरीक पनि खुसी भएका छन ।

error: Content is protected !!