कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’ गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन । जसले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको समेत बताएका छन । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।