कालिकोट । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज शुरु हुँदै छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने भएको छ।शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिनु भएको छ। उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुने बताईएको छ ।बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने भुसालले बताउनु भयो। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापना गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने उहाँले जानकारी दिनु भयो।