आज केही प्रदेशमा हिमपातको सम्भावना

कालिकोट । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली भएको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको  बताईएको  छ। महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।