आज जेष्ठ नागरिक दिवस मनाइँदै

कालिकोट । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईदै छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको अवसरमा जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो।राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको बताईएको छ। विसं २०५१ साल पुस ११ गते नेकपा एमाले नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ। २०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। एक सयबाट सुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार पुर्‍याएको छ। विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ।

error: Content is protected !!