कालिकोट । अछाममा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका वडा नं ५ की १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी छन् । यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको भन्दै ती किशोरीले आत्महत्याको प्रयास गरेकी बताईएको छ । गत पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित जबरजस्ती करणी गरेको आरोप रहेको छ । मदिरा सेवन गरेर लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका खुल्न आएको छ । घर नजिक पुग्ने लाग्दा मदिराले मातेका वि.क.ले किशोरीको शरीरमाथि आक्रमण गर्न थाले पछी उनि चिच्याउदा आमाले सुनिन र तुरुन्तै घटनास्थल नपुग्दै विक भागी सकेका थिए । उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिएका बताईएको छ । किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।