त्रिभुवन विमानस्थलमा सिसिटिभी फुटेजको स्टोरेज बढाइँदै

Officials said the airport incurred a loss of Rs4.50 billion due to reduced passenger numbers in the last fiscal year ended mid-July 2020. shutterstock

 

कालिकोट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको ९० दिनसम्म राख्न मिल्ने गरी स्टोरेज बढाईने भएको छ। विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले आज एक विज्ञप्ति जारी गर्दै ९० दिन स्टोरेज रहने गरी क्षमता विस्तारको कार्य अघि बढाइएको जानकारी दिनु भएको छ । गत मंसिर २१ गते फ्लाई दुबईमार्फत् आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन बरामद भएपछि विमानस्थल भन्सार कार्यालयले छानबिन समिति गठन गरेको थियो।प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले अनुसन्धान गर्न प्राधिकरण कार्यालयसँग सिसिटिभी फुटेज माग गरेको थियो। तर प्राधिकरणले २१ दिनसम्मको मात्रै फुटेज उपलब्ध गराउँदा अनुसन्धानमा समेत जटिलता बताईएको छ । समितिले भन्सार कार्यालयलाई बुझाएको प्रतिवेदनमै पनि यसबारे उल्लेख गरिएको छ।

 

error: Content is protected !!