नेपाल सुपर लिगको इलिमिनेटरमा आज काठमाण्डौ र ललितपुर विच खेल हुने

कालिकोट । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्नेभएका छन । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो । हिजो भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुगेको थियो । आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–२  बिहीवार र फाइनल खेल शनिवार हुने जनाईएको छ ।

error: Content is protected !!