प्रधानमन्त्रीले एक वर्ष कार्यकालपूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

 

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन अपराह्न ५ बजेका लागि तय भएको बताईएको छ।भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सरकारले गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।